|

बारा : खानेपानीमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बन गरिएको पत्र झुठो भएको दाबी गर्दै कांग्रेस बाराको लेटरप्याडमा अर्को विज्ञप्ति आएको छ ।

कांग्रेसको कलैयास्थित पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले पार्टीको विभिन्न नेतालाई निलम्बन गरिएको भन्दै मंगलबार दिउँसो सामाजिक सञ्जाल र संचार माध्यममा आएको समाचारमा सत्यता नरहेको दाबी गरी विज्ञप्ति निकालेका हुन् ।

विज्ञप्तिमार्फत सहमहामन्त्री एवं बारा क्षेत्र नं‍. १ का सांसद चौधरी, पूर्वसांसद एवं महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेश यादवलाई कारवाही गरेको भन्दै बाहिरिएको पत्रमा हस्ताक्षर गर्ने अरुणकुमार यादव जिल्ला सदस्य मात्रै रहेको दाबी गरिएको छ।

विज्ञप्तिमा कांग्रेस बाराको जिल्ला कार्यसमितिले २०७९ वैशाख १० गते जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा बसेको बैठकले कांग्रेसको विधानको धारा ३४९३० बमोजिम विनोदमणी मण्डलको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन भएको र सो समितिमा रामनारायण प्रसाद यादव र सुनैनादेवी कलवार सदस्य रहेको उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोप लगाउदै केन्द्रीय अनुशासन समितिलाई सम्बोधन गरेर कांग्रेसका तीन जना नेतालाई कारवाही गरेको पत्र सार्वजनिक भएको थियो। उक्त पत्रमा अरुणकुमार यादवले हस्ताक्षर गरेका थिए ।

यसअघि बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणि महतोले हस्ताक्षर गरेका थिए।
 

हेर्नुहोस् बारा कांग्रेसको विज्ञप्ति

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.