|

धनगढी : कैलालीको धनगढीमा सत्याग्रहमा बसेका डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।

२०औं सत्याग्रह सोमबार थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्तासमेत रहेका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।

सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको क्याबिनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए। डाक्टर केसीले विभिन्न ७ बुँदे माग राखेर सत्याग्रह थालेका थिए।

केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन। तर सत्याग्रही केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.