|
फाइल

काठमाडौं : अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ परेका छन्।

रामेछापको खाँडादेवी गाउँपालिका-३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको सोही ठाउँस्थित किनारा पसलमा लागूऔषध लुकाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने रामजी मण्डल भन्ने  ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।               

यस्तै, पर्साको पर्सागढी नगरपालिका-२ बागवानाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु १३ किलो ८ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।  जितपुरबाट मनवातर्फ आउँदै गरेको ना.२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित सोही महानगरपालिका-११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस्तै, भक्तपुर, चाँगुनारायण नगरपालिका-८ जितपुरबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित सोही नगरपालिका-७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। बा.७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.