|

काठमाडौं : काठमाडौं महानगरपालिकाका  विरुद्धमा  फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन्।  जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन्।

महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्पबिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै  महानगर प्रमुख बालेन साहको कार्यकक्ष नजिकै पुगेर आन्दोलन गरेका हुन्।

काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा साह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी आन्दोलित भएका हुन्। साना व्यवसायीहरू  सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै  महानगर कार्यालय परिसरमा पुगेर कार्यालय घेराउ गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.