|

सुर्खेत : मंसिर ३ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा १ हजार ४०३ मतदान केन्द्र कायम गरिएको छ।

सबैभन्दा बढी  सुर्खेतमा मतदान केन्द्र कायम गरिएको छ। सबैभन्दा कम हुम्लामा रहेको छ। सल्यानमा २०२ मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्या ११७ रहेको छ।

त्यस्तै डोल्पामा ६६ केन्द्र , ६६ स्थल रहेका छन्। मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ। जुम्लामा १०६ केन्द्र, स्थलको संख्या ८३ रहेको छ। कालिकोटमा १२३ केन्द्र रहेकामा स्थलको संख्या १०३ छन्।

हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल, जाजरकोटमा १४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा २०७ केन्द्र रहेकामा १३९ स्थल रहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै सुर्खेतमा २९३ केन्द्र रहेका छन् भने स्थलको संख्या १३९ रहेको छ। रुकुम पश्चिममा १३९ केन्द्रमा ७६ स्थल रहेका छन्। कर्णालीभरिमा मतदान स्थलको संख्या ९३३ र स्थलको संख्या १ हजार ४०३ रहेको छ।

२४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र संख्या रहेको छ। प्रतिनिधिसभा क्षेत्र संख्या १२ रहेको छ। महिला र पुरुष गरेर १० लाख ८ हजार ३०४ यहाँको कूल मतदाता संख्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.