|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिबीच उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्। 

संविधान दिवसका अवसरमा सन्देश दिँदै सभामुख सापकोटाले संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधि सभाको पहिलो कार्यकालमा संविधान रक्षाका लागि अनेक पहल पनि भएका उल्लेख गरेका हुन्। 

उनले लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै काम भएको उल्लेख गर्दै यसबीचको अवधिमा भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध बनाउँदै लैजानुपर्ने धारणा सन्देशमार्फत व्यक्त गरेका हुन्।  

नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.