|

काठमाडौं : टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा काठमाडौं महानगरपालिका विरुद्ध परेका २१ मुद्दामा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।

उच्च अदालतका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले आज महानगरको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। रिट निवेदकहरूको मागअनुसार अन्तरिम आदेश किन दिन नपर्ने हो त्यसको कारण पेश गर्न अदालतले आदेश दिएको हो।

महानगरपालिकाले केही दिन अघिदेखि टुकुचा खोला खोज्न भन्दै जयनेपाल हल परिसरदेखि हात्तीसार, कमलपोखरी क्षेत्रमा उत्खनन शुरु गरेको छ। त्यस क्षेत्रस्थित लक्ष्मी बैंकसहित विभिन्न संघसंस्था र व्यक्तिले महानगरविरुद्ध हिजो छुट्टाछुट्टै २१ वटा रिट निवेदन दायर गरेका थिए।

हिजो दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाईमा कारण देखाउ आदेश दिँदै  निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.