|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह तीन बजे बैठक बोलाइएको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए। आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ।

असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने हुँदा बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामबारे छलफल हुने र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ।

यसैगरी, बैठकमा विभिन्न दलसँग चुनावी तालमेल गर्ने, नगर्ने बारे पनि छलफल गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.