|

काठमाडौं : प्रहरीले काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका लाल मोहम्मदको हत्यामा संलग्नको आशंका तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरीको उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको हो। त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। प्रहरीले विज्ञप्ती मार्फत् जानकारी दिने तयारी गरिरहँदा प्रहरीको उच्च तहबाट उनीहरुलाई पत्रकार सम्मेलन मार्फत जानकारी दिन निर्देशन दिएको जनाइएको छ। यसबारे काठमाडौं उपत्यका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। 

यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए। 

अज्ञात समूहको गोलीबाट मारिएका मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.