|

काठमाडौं :  २० वर्षीय छोराको हत्या गरी भागेका व्यक्ति पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका- ११ विजय नगरका २० वर्षीय विवेक चौधरीको हत्या गर्ने ४५ वर्षका लौरंगलाल थारु पक्राउ परेका हुन्।

उनी मृतकका बुबा हुन्।  बुधबार उनले छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए।  घाइते विवेकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएपछि उनका बुबा लौरंगलाल फरार भएका थिए। 

उनको खोजीको क्रममा  शुक्रबार गुलरिया नगरपालिका-११ इन्द्रपुर स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको बर्दियाका प्रहरी नायक उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.