|

काठमाडौं : दशैंको बेला देशभर नै पानी परिरहेको छ।

लगातारको पानीले मान्यजनका हातबाट टीका थाप्न जानेहरुलाई ठूलो कष्ट दिएको छ। त्यसमाथि ग्रामीण भेगका सडकहरु बाढी पहिरोले अवरुद्ध हुँदा थप सास्ती खेप्नु परेको छ।

मौसमविद्हरुले पानी अझै पर्ने बताइरहँदा दशैं मान्न गाँउ गएकाहरुलाई अब कर्मथलो फर्कन थप अफ्ठेरो स्थितिको सामना गर्नुपर्नेछ।

हाल नेपालमा दक्षिण पश्चिम बंगालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसले गर्दा लगातार पानी परिरहेको छ। देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना रहेको छ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै एवं बागमती,मधेश र प्रदेश नं १ का एक दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। ती क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने देखिएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.