|

तनहुँ : बुधबार साँझदेखिको वर्षाका कारण तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खसेको जानकारी दिए।

उनले राजमार्ग  खुलाउन त्यहाँ  एस्काभेटर र डोजर परिचालन गरेको जानकारी दिए। राजमार्ग अवरुद्ध भएकाले  सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.