|

बैतडी : वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएका बैतडीका तीन राजमार्ग खुलेका छन्। बिहान सडक माथिबाट खसेको पहिराले महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका थिए।

महाकाली राजमार्गको धरमघर, मानाकोट, दशरथचन्द राजमार्गको गोठालापानी नजिक र जयपृथ्वी राजमार्गको ढोल्यामोड नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका हुन्।

सबै ठाउँको पहिरो जेसिबीले पन्छाएपछि दिउँसोबाट राजमार्गमा  आवागमन भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

राजमार्ग खुलेसँगै लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आएका छन्। बीचबाटोमै अलपत्र परेका यात्रुहरू आ आफ्नो गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.