|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। 

जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका देउवाले यसका लागि दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष   नेतालाई बालुवाटार बोलाएका छन्।

गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ।  सत्ता गठबन्धनमा रहेको जसपाले मंसिर ४ को चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ। एमालेसँगको तालमेल पछि गठबन्धनका नेताहरु रुष्ट छन्। ​

​जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन्।

निर्वाचन आचारसंहिता लागू भइसकेकोले प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त भने गर्न पाउने छैनन्। ६ महिने कार्यकाल सकिएपछि कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले पनि राजीनामा दिइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.