|

धनी राष्ट्रहरूको समूह जी–७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले जति समय लाग्छ त्यति नै सहयोग गर्ने बताएका छन्। मंगलबार साँझ आकस्मिक भर्चुअल बैठक गर्दै जी–७ का नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएका हुन्। 

छलफलपछि जी–७ ले विज्ञप्ती निकालेर आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्ने र युक्रेनको साथमा उभिने जानकारी गराएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी सेभेन नेताहरूलाई रुसलाई रोक्न पर्याप्त हवाइ रक्षा सामथ्र्य उपलब्ध गराउन आग्रह गरेका छन्। उनले युक्रेन–बेलारुस सीमामा अन्तर्राष्ट्रिय मिसनलाई सहयोग गर्न पनि आग्रह गरे।

नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा रहने बताएको छ । समूहले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई स्व–शैली जनमत संग्रहको साथ गाभ्ने हालै गरेको प्रयासको पनि निन्दा गरेको छ। किभसहित युक्रेनभरि भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो। कैयौँ घाइते भएका थिए। 

नागरिकहरूलाई सुरक्षित आश्रयमा बस्न भनिएको थियो । रुसी राष्ट्रपति पुटिनले रुसी कब्जामा रहेको क्रिमियालाई रुससँग जोड्ने पुलमा भएको विस्फोटको बदलामा आक्रमण गरेको प्रतिक्रिया दिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.