|
फाइल तस्वीर

काठमाडौं : ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नराख्ने‚ नम्बर प्लेट आकाशतिर फर्काउने र ठूलो आवाज निकाल्ने दुईपाङग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको हो। यसैगरि ठूलो आवाज निकाल्ने ७ वटा दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई पनि कारबाही गरेको छ।

विशेष चेकिङमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्ट देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.