|

सुर्खेत :  असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाको कारण पहिरोमा परी मृत्यु भएको परिवारलाई जनही २५ हजार किरिया खर्चस्वरुप कर्णाली प्रदेश सरकारले दिने भएको छ।

तत्कालका लागि क्रिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले रकम परिवारलाई उपलब्ध गराउन लागिएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।

मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा बोल्दै पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्चस्वरुप राहत दिन सरकारले यो व्यवस्था गरेको पनि बताए।

पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए भने अझै १९ जना बेपत्ता भएका छन्। हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो।

यसैगरी प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरु उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताए।
उनले पहिरोबाट सडकमा ठूलो क्षति पुगेकाले सरकारले सडक मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.