|

राहदानीमा छाप लगाउने महिला। जसले कालो बुर्का र खैरो रंगको स्कार्फ लगाएका छन्। जब तपाईं काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुहुन्छ, तपाईंको ध्यान पहिले उनीहरूमा जान्छ।

एक वर्षअघि यो विमानस्थलमा अर्कै कुरा थियो। देश छोड्न आतुर मानिसहरूको भीड, चारैतिर अराजकता छाएको थियो। त्यतिबेला यहाँ यस्तै देखिन्थ्यो। तर, गत वर्षको तुलनामा अहिले सन्नाटा छाएको छ, सरसफाइ छ। काबुलको गर्मीयाममा तालिवानको सेतो झन्डा लामबद्ध भएर फहराइरहेको छ।

पुराना चर्चित अनुहारका बिल बोर्डहरू अहिले रङ्गिएका छन्। विमानस्थल परिसरको ढोकाको छेउमा एउटा देश छ जुन तालिवान सत्तामा आएदेखि पूर्ण रूपमा परिवर्तन भएको छ।

'काबुल, जहाँ महिलालाई काममा विस्थापित गरियो'

अहिले अफगानिस्तानमा तालिवानले महिलाले गरिरहेका काम पुरूषलाई दिन सन्देश दिइरहेका छन्। यस्ता सन्देशहरू अचम्मलाग्दा देखिन्छन् तर यसको परिणाम अझ गम्भिर हुन सक्छन्। एक महिलाले म्यासेजिङ प्लेटफर्ममा लेखेकी छिन्, 'उनीहरू चाहन्छन् कि मैले मेरो काम मेरो भाइलाई दिउँ।'

अर्की एक महिला भन्छिन्, 'हामीले आफ्नो शिक्षा र अनुभवले यो स्थान हासिल गरेका हौँ। यदि हामीले यसलाई स्वीकार्यौं भने यसको अर्थ हामी आफैलाई धोका दिइरहेका छौं भन्ने हो।'

ती महिला अफगानिस्तानको अर्थ मन्त्रालयका केही पुराना र वरिष्ठ अधिकारीहरूसँग बसिरहेको बताउँछिन्। उनीहरु सबै ६० जनाभन्दा बढी महिलाको समूहका सदस्य हुन्। तीमध्ये धेरै जना अफगानिस्तानको राजस्व निर्देशनालयसँग जोडिएका छन्। गत वर्षको अगष्टमा उनलाई ड्युटीबाट घर जान आदेश दिइएको थियो, त्यसपछि उनी यो समूहको हिस्सा बनिन्।

उनी भन्छन्, 'तालिवानका अधिकारीहरूले त्यतिबेला लाई भनेका थिए, 'तपाईंहरूले आफ्नो पुरुष नातेदारको सीभी पठाउनुहोस् जसले तपाईंको जागिरका लागि आवेदन दिन सक्छन्।' यसरी विस्तारै हरेक जागिरे महिलाले जागिरबाट हात निकाल्न तालिवानले बाध्य बनाएको छ।

'हामीले आफ्नो पहिचान गुमाइरहेका छौं'

अफगानिस्तानमा महिलाले आफ्नो पहिचान गुमाइरहेका छन्। समूहका अरू महिलाहरूजस्तै आफ्नो परिचय लुकाउन जोड दिने एउटी महिलाले उल्लेख गरिन्।

'मैले जागिर पाउनका लागि मैले १७ वर्षभन्दा बढी कठिन परिश्रम गरेको छु र स्नातकोत्तर पूरा गरेको छु। अब सबथोक खत्तम भएको छ।'

अफगानिस्तान राजस्व निर्देशनालयकी पूर्व महानिर्देशक अमिना अहमदीले अफगानिस्तानबाहिरबाट बिबिसीसँग टेलिफोनमा कुरा गरिन्।

उनी कुनै न कुनै तरिकाले देश छोड्न सफल भइन्, तर यसले उनको कठिनाइहरूको अन्त्य गरेन। उनी दुखेसो पोख्छिन्, 'हामीले आफ्नो पहिचान गुमाइरहेका छौं।'

'अन्तर्राष्ट्रिय समुदायमा महिलाको उपस्थितिमा न्यून'

यी ती महिलाहरू हुन्, जसले दुई दशकसम्म अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदायको उपस्थितिका क्रममा आफ्नो छुट्टै पहिचान बनाएका थिए। तालिम लिए, जागिर खाए। तर तालिवानको पुनरागमनसँगै त्यो अवधि अब इतिहासको एक हिस्सा बनेको छ। तालिवानका अधिकारीहरूले महिलाहरू अझै पनि काम गरिरहेको बताएका छन्।

तर काम गर्ने महिलाहरू मुख्यतया मेडिकल स्टाफ, शिक्षक र विमानस्थलका सुरक्षा कर्मचारीहरू हुन्। यस्ता ठाउँमा महिला बढी आउँछन् र जान्छन्।

तालिवानले महिला कर्मचारीहरूलाई अझै पनि तलब दिइरहेको दाबी गर्दै आएको छ, यद्यपि यो रकम उनीहरूको तलबको सानो अंश हो। एक समय थियो जब अफगानिस्तानमा सरकारी जागिरमा महिलाको सहभागिता एक चौथाइसम्म थियो।

ग्रामीण क्षेत्रमा अनिकाल

अफगानिस्तानको यो दुर्गम क्षेत्रको दृश्य साँच्चै सुन्दर छ। गर्मीको घाममा पाकेको गहुँबालीले अनुभूतिको सुनौलो आभा दिइरहेको थियो।

गाईको बथानबाट धमिलो आवाज सुन्न सकिन्छ। १८ वर्षीय नूर मोहम्मद र २५ वर्षीय अहमद दुवैले गहुँको बाँकी बाली काट्न हँसिया हल्लाइरहेका छन्।

'यसपालि खडेरीका कारण गहुँबाली घटेको छ,' नुर भन्छन्, 'युवाको मुहारमा पसिना र धुलो दुवै चम्किरहेको छ। तर मसँग यति मात्र काम बाँकी छ।'

नूर भन्छन्, 'म इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै थिएँ, तर आफ्नो परिवारलाई सहयोग गर्नका लागि यसलाई छोड्नुपऱ्यो।' उनको अनुहारमा पछुतो महसुस गर्न सकिन्थ्यो। अहमदको कथा पनि त्यत्तिकै पीडादायी थियो। उनले भने, 'मैले इरान जानका लागि मोटरसाइकल बेचेँ तर त्यहाँ काम पाउन सकिनँ।'

अफगानिस्तानको गरिब क्षेत्रमा बसोबास गर्ने यी मानिसहरुका लागि छिमेकी इरानमा अल्पकालीन काम पाइन्थ्यो, तर यस पटक त्यहाँ पनि स्थिति कडा छ। 'हामीले हाम्रा तालिवानी दाजुभाइलाई स्वागत गर्यौं। तर हामीलाई यस्तो सरकार चाहिएको छ जसले हामीलाई अवसर दिन्छ, रोजगारी प्रदान गर्दछ', उनले भने।

'तालिवानले विद्यालय बन्द गरेको छ'

ज्यादातर अफगानिस्तानका विद्यालय छात्राका लागि बन्द भएका छन्।  सोहेला नामकी एक युवती भन्छिन्, 'तालिवानले विद्यालय बन्द गरिदिएको छ। उनीजस्ता आकांक्षी केटीहरूका लागि तालिवानको निर्णयले दूरगामी प्रभाव पारिरहेको छ।'

तालिवानका ठूला धर्मगुरुहरूको आदेशपछि अधिकांश उच्च विद्यालयहरू बन्द गरिएका छन्। यद्यपि तालिवानका सदस्यसहित धेरै अफगानीहरूले यी विद्यालयहरू पुनः खोल्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्।

सोहेला भन्छिन्, 'म कक्षा १२ मा पढ्छु। यदि म पास हुन सकिनँ भने म युनिभर्सिटी जान सक्दिनँ। बिबिसीले उनलाई सोध्यो, 'के उनी अफगानिस्तानमा हुन चाहेको सोहेला बन्न सक्षम हुन सक्नुहुन्छ?' सोहेलाले आत्मविश्वासका साथ जवाफ दिइन्, 'पक्कै पनि। यो मेरो देश हो र म अरु कुनै देशमा जान चाहन्नँ।'

तर विद्यालय नगएको एक वर्ष सोहेला लागि कठिन भएको छ। सोहेला भन्छिन्, 'यो मसँग मात्र होइन। अफगानिस्तानका सबै केटीहरूलाई यस्तै भइरहेको छ। यी दु:खद सम्झनाहरू हुन्...।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.