|

काठमाडौं: सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्।

आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकिर गर्दै उनले यो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशन समेत दिइन्। 

घर्तीले काठमाडौं– २ का स्थानीय जनप्रतिनिधिहरूले निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।

स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गराउन केन्द्रमा पहुँच पुर्‍याउन आफू समक्ष रहेको उनको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.