|

युरोपियन च्याम्पियन्स लिगको जारी सिजन पनि उत्कृष्ट लयमा रहेको स्पेनिस जाइन्ट रियल म्याड्रिडले सिजनको पहिलो हार भोगेको छ।

नकआउट चरणमा पुगिसकेको रियललाई ३–२ गोल अन्तरले पराजित गरेसँगै आरबी लेइपजिङले नकआउट सम्भावना कायम राख्यो।​

लेइपजिङका लागि जोस्को गार्डियलले २ गोल गर्दा क्रिस्टोफर कुनकु र टिमो वार्नरले समान १–१ गोल गरे। समूह ‘एफ’ बाट रियल म्याड्रिड भने यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

रियलका लागि भने भिनिसियस जुनियरले पहिलो गोल गर्दा अर्को एक गोल रोड्रिगोले इन्जुरी समयमा पेनल्टीमा गरेका थिए। त्यस्तै सोहि समूहमा सेल्टिक र सख्तर डोनेस्कले ११ गोलको बराबरी खेले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.