|

सुर्खेत ः  डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा आहारा नपाएर चौँरीगाई र नाउर मरेका छन्।

शे-फोक्सुण्डो गाउँपालिका-८ का वडाध्यक्ष पेम्बा गुरूङले आफ्ना ८ वटा चौँरी मरेको बताए। निकुन्जमा सेतक चिनी संकलन गर्नेहरूले घाँस चर्नन नदिएर हिमालमा लखेटेपछि चौँरी र नाउर मरेको अध्यक्ष गुरुङले बताए।

हिमालमा भएको हिमपातले घाँस पुरिएकाले चौँरी र नाउरले घाँस चर्न नपाएका कारण मरेको उनले बताए। आफ्नो र अन्य गाउँका गरी १६ भन्दा बढी चौँरी मरेको अध्यक्ष गुरुङले जानकारी दिए। पशु चौपायाले चर्न नपाएर मर्नु दुःखद भएको स्थानीय बुद्धिजीवी अनुगबहादुर लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.