|

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताएका छन्। चुनावी अभियानका क्रममा भरतपुर–१६को चौकी र वरमपुरमा आयोजित कार्यक्रममा  बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्याय प्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गरेका छन्।  आफू राजनीति गर्न भन्दा पनि विकास गर्न आएको बताउँदै उनले यो निर्वाचनमा आफूलाई विकासका लागि निर्वाचित गराउन आग्रह गरेका छन्। 

‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो,’ पूर्वमन्त्री पाण्डेले भने, ‘यसले चितवनवासी आम जनताले घाटा मात्रै व्यहोर्नु पर्यो। त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन।’

उनले राजनीतिक परिवर्तनको नाममा ठुला दलहरुले भएका उद्योग धन्दा तथा कलकारखाना कौडीको मोलमा विक्रि गरेर युवाहरूलाई विदेशिन बाध्य बनाएको र त्यहाँबाट आउने रेमिट्यान्समा तर मारेर बसेको बताए। उनले आउँदो चुनावमा  विकासवादी दल र विकासप्रेमी नेतृत्व चुन्न आग्रह गरे।

    गठबन्धनको नाममा जनताको मताधिकारलाई अंकुश लगाएर स्वविवेकिय निर्णय गर्न रोकेर ठुला दलहरूले प्रजातन्त्रको आधार स्तम्भ माथिनै प्रहार गरेको बताएका छन्। उनले अब दल भन्दामाथि उठेर विकास र भावि सन्ततिको लागि राप्रपा लाई मतदान गर्न आग्रह गरेका छन्।

  आफूले जति समस्या बुझ्न सक्छु त्यति बुझ्ने अरु कुनै उमेदवार यस क्षेत्रमा नरहेको समेत उनले बताउँदै  आफू योजनासहित जनताको घरदैलोमा आएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.