|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले  देउवासँग् भेटवार्ता गरेका हुन्।  शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ। 

आजको भेटमा प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता र जेलका बन्दी रिहा गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आएको नेकपाका माग अझै पूरा हुन सकेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.