|

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले मंगलबार डा. कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको हो।  

अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ पनि माग गरेको छ।  

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले कात्तिक १२ मा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । कार्की नियमित तलब बुझ्ने पाटन अस्पतालको जागिर छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी हुन्।

आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.