|

बैतडी : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली  आज आउने कार्यक्रम रहेको छ। पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न उनी बैतडी आउन लागेका हुन्। 

पाटनको चुनावी सभालाई ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए।  अध्यक्ष ओली  आउने भएपछि  पाटन बजार र चुनावी आमसभा स्थल  पाटनको खुल्ला मञ्च  सिँगारिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन्।

बिहान ११ बजे उनले दार्चुलाको खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम सकेर त्यसपछि बैतडी आउने जनाइएको छ।  कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने लागेका ओलीले आज कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ। 

प्रतिनिधिसभामा एक मात्र क्षेत्र रहेको बैतडीमा एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष तथा पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी चुनावी मैदानमा रहेका छन्।

यस्तै,  प्रदेशसभा (१)मा  पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल क्षेत्र नं (२)मा  पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.