|

काठमाडौं : कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। सन् २०२२ को अक्टोबरमा ८८ हजार ५७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

सन् २०२२ को जनवरीदेखि  अक्टोबरसम्म नेपाल भ्रमण गर्नेको संख्या ४ लाख ७३ हजार ५६३ जना  पुगेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भित्रिएका सबै पर्यटक हवाई मार्गबाट आएका हुन्।

त्यसबाहेक स्थल मार्गबाट भित्रिएका पर्यटकको तथ्यांक छैन। यो अवधिमा भारतीय पाहुनाको ठूलो हिस्सा स्थल मार्गबाट आए पनि उनीहरूको तथ्यांक कतै छैन। तर शून्यमा झरेको पर्यटन बजारले ८ महिनामा राम्रै संख्या धेरै पाहुना पाएको छ।

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र पछिल्लो समय सुधार आएको बोर्डले जनाएको छ। बोर्डको तथ्यांकअनुसार जनवरीमा नेपालमा १६ हजार ९७५ जना विदेशी पाहुना भित्रिएका थिए।

त्यो संख्या फेब्रुअरीमा १९ हजार ७६६ रहेको थियो। मार्चमा ४२ हजार ६ जना, अप्रिलमा  ६१ हजार ५८९ थियो। मेको आगमन संख्या ५३ हजार ६०८ रहेकोमा जुनमा ४६ हजार ९५७ जना विदेशी नेपाल भित्रिएका थिए।

जुलाईमा ४४ हजार ४६२ जना भित्रिएकोमा अगष्टमा ४१ हजार ३०४ जना विदेशी नेपाल भ्रमणमा आएका थिए। सो संख्या सेप्टेम्बरमा ५८ हजार ३१४ जना नेपाल आएका थिए। सो संख्या अक्टोबरमा ८८ हजार ५८२ जना नेपाल आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.