|

काठमाडौं : अर्बपति विनोद चौधरी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरी चुनावी दौडधुपमा व्यस्त छन्। 

नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार रहेका चौधरी यतिबेला मतदाताको खेतबारीमा भेटिन्छन्। मतदाताको मन जित्न चौधरी गरिब झुपडी बस्तीमा रमाउने प्रयास गर्दैछन्। उनले मतदाताको झुपडीमा खाना खानेदेखि खेतबारीमा काम सघाइरहेको दृश्‍य देख्न सकिन्छ। 

चौधरीले सुनको थालमा चाँदीको चम्चाले  खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा किसानमाझ खाना खाएको तस्बीर सार्वजनिक गर्दै चौधरीले आफू पनि सामान्य परिवारको मानिस भएको बताएका छन्। 

‘सुनको थालमा चाँदीको चम्चाले  खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम  कसैलाई नपरोस्। म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्य रूपमै भयो,’ चौधरीले भनेका छन्, ‘सरकारी स्कुलमै पढेर हुर्किएको हुँ म। रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.