बंगलादेश र पाकिस्तानबीचको विजेता अन्तिम चारमा पुग्ने

|

अष्ट्रेलियामा जारी टी–२० विश्वकपको अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग १३ रनले पराजित भएको छ। पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

एडिलेडमा टस हारेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका ८ विकेट गुमाएर १४५ रनमा समेटियो। 

दक्षिण अफ्रिकाका लागि रिले रोसोउले २५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै टेम्बा बउमाले २० रन बनाए। क्विन्टन डिकक १२ रन बनाए। हेनरीच क्लासेनले २१ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई हराउनका लागि ब्रान्डन ग्लोभरले ३ विकेट लिँदा फ्रेड क्लासेन र बास डि लिडले समान २–२ विकेट लिए। त्यस्तै पल भान मेकरेनले १ विकेट लिए।

 त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो। नेदरल्यान्डका लागि कोलिन एकरेमनले ४१ रन बनाउँदा स्टेफन माइवर्गले ३७ रन बनाए। त्यस्तै टोम कुपरले ३५ रन जोड्दा म्याक्स ओडाउडले २९ रन बनाए। कप्तन स्कट एडवार्डले १२ रन बनाए। दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ विकेट लिए। ​

दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग हारेसँगै भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। आइतबार नै हुने पाकिस्तान र बंगलादेशबीचचको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ। पाकिस्तान र बंगलादेशबीचको खेल रद्द भए पाकिस्तान सेमिफाइनल पुग्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.