|

हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ (१) का उम्मेदवार पदमबहादुर तितुङले उम्मेदवारी निस्क्रिय गर्दै नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।

बीपी कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन्। 

आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी उनले राजनीतिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताए। तितुङले बीपी कांग्रेस पार्टी त्यागेर नेपाली कांग्रेसमा फर्किएको समेत घोषणा गरे। 

पार्टी सञ्चालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर उम्मेदवारी दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलब्धि गुम्न सक्ने र अहिलेको व्यवस्थाविरुद्ध लाग्नेलाई नै बल पुग्ने खतरा देखेपछि फिर्ता लिएको उनको भनाइ छ। 

उनले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासहितका जिल्ला र प्रदेशका नेता कार्यकर्ताको आग्रह स्वीकार गरेको बताएका छन् । उनले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने आफ्नो अभियान रहेको र यसमै आबद्ध भई अघि बढ्न समर्थकलाई अपिल गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.