|

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदैछन्। 

विहान साढे ९ बजे टियु क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। हालसम्म समान ३ खेल खेलेका दुवै टोली प्रतियोगितामा अपराजित छन्। 

३ वटै खेल जितेको पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दुई खेल जितेर एक खेल बराबरी खेल्दै अंक बाँडेको मधेश प्रदेश ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

आजै विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। यसअघि खेलेका ३ वटै खेल हारेको कर्णाली प्रदेश आज पहिलो जितको खोजीमा हुनेछ। 

अंकविहीन कर्णाली समूह ए को अंकतालिकामा पुच्छारमा छ। तीनमध्ये २ खेल जितेर ४ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा छ। आजको खेल जित्दै आर्मी सेमिफाइनलमा स्थान बनाउन चाहन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.