|

काठमाडौं : प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा सार्वजनिक बिदा दिइएको छ ।

मन्त्री थापाको शोकमा बिहीबार प्रदेश सरकारका सबै कार्यालय, सार्वजनिक संघ संस्थामा आज सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाका अनुसार थापाको राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। 

डेंगु र निमोनियाको संक्रमणबाट गम्भीर बिरामी परेका थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनी कांग्रेसका प्रदेशसभाका उम्मेदवार पनि थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.