|
रोयटर्स

लामो समयदेखि खडेरीका कारण केन्यामा सयौं घरपालुवा र वन्यजन्तु जनावर मरेका छन्।

खडेरीका कारण जेब्रा र हात्तीलगायत हजारभन्दा बढीको मृत्यु भएको केन्याको पर्यटन तथा वन्यजन्तु मन्त्रालयले जनाएको छ। केही दिनअघि सार्वजनिक भएको प्रतिवेदनमा हजारभन्दा बढी जनावरको मृत्यु भएको बताइएको छ।

खडेरीका कारण ज्यान गुमाउनेमा ४३० जेब्रा, २०५ हात्ती र ५१ भैंसी रहेका छन्। प्रतिवेदनले यो क्षेत्रमा वन्यजन्तुहरूमा वर्षौं लामो खडेरीको प्रभाव परेको देखाएको छ।

यस क्षेत्रमा संयुक्त राष्ट्रसंघ र अन्य संस्थाले मानवीय प्रभावको बारेमा महिनौंदेखि अघि नै चेतावनी दिइसकेको छ। 'इथियोपिया, केन्या र सोमालियामा जनावरलाई मात्र होइन मानवीय संकट पनि पैदा भएको छ', पूर्वी अफ्रिकाका लागि विश्व मौसम संगठनको जलवायु केन्द्रका निर्देशक गुलेइड आर्टानले भने।

केन्यालगायत अफ्रिकी मुलुक लामो समयदेखि खडेरीको मारमा परेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.