|

काठमाडौं :  काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ। 

हिजो काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको  थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्रीमा झरेको छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। 

तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाएको छ। आज प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ। 
प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना समेत रहेको विभागको भनाइ छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.