|

हेटौडा : मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। आइतबार सम्पन्न निर्वाचनको मतगणना सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको हो। सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट मतगणना सुरु गरिएको छ।

हेटौंडा–२ स्थित सिद्धार्थ उच्च माविमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ। जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ।

मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए। जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.