|

काठमाडाैं : कतारमा जारी विश्वकप फुटबलमा अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगलले युरोपियन दाबेदार नेदरल्यान्डससँगको खेलसँगै विश्वकप यात्रा शुरु गरेको छ।

समूह ए अन्तर्गत साेमबार राति भइरहेकाे खेलमा युरोपियन र अफ्रिकन जायन्ट विश्वकपमा विजयी शुरुवातको लक्ष्यमा  रहेका छन्।

दुवै टिम एक अर्कालाई पराजित गर्दै नकआउटमा स्थान बनाउने प्रयासमा रहनेछन्।

यद्यपि सेनेगलका लागि कप्तान साडियो माने टिममा नहुँदा धेरै दबाब हुनेछ। त्यसो त नेदरल्यान्ड्स पनि आफ्ना स्टार खेलाडी मेम्फिस डिपेको चोटले पिरोलिएको छ। 

ह्यामस्ट्रिङको चोटका कारण उनले शुरुवाती ११ मा स्थान बनाउने नबनाउने अन्योल छ। ​यस्तोमा अन्तिम ११ को सम्भावना कमजोर हुँदा नेदरल्यान्ड्सलाई पनि दबाब हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.