|
फाइल तस्बिर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यही मंसिर २३ गते ४८ औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ।

दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा आयोजना गरिने त्रिविले जनाएको छ।

समारोहमा सहभागी हुने विद्यार्थीले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने छ।

गाउन/स्कार्फ मंसिर १५ गतेदेखि २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वितरण गरिने त्रिविले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.