|

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेका शहरी विकासमन्त्री मेटमणि चौधरीले  जरिवाना बुझाएका छन् ।

दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने पहिलो बहालवाला मन्त्री हुन् ।

आयोगले स्वास्थ्यमन्त्री भवानी खापुङलाई पाँच हजार जरिवाना गरे पनि बुझाएका छैनन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.