|

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सातवटा कार्ययोजना सार्वजनिक गरेका छन्।

मन्त्री आङ्बोले आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन्। विगत ५ वर्षको प्रदेश सरकार र प्रदेश सभामा रहँदा प्राप्त ज्ञान अनुभव र भर्खरै सम्पन्न निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको कार्ययोजना सार्वजनिक गरेको उनले बताएका छन्। मन्त्री आङ्बो मुख्यमन्त्रीका दाबेदार समेत  हुन्।

मन्त्री आङ्बोले सार्वजनिक गरेका योजना
 १. सामुदायिक शिक्षामा व्यापक सुधार, शैक्षिक पूर्वाधारको विकास, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड।

२. सरकारी अस्पतालहरूको पूर्वाधार र सेवामा गुणात्मक सुधार, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच।

३. वितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवा केन्द्रित पूर्वाधार निर्माणमा जोड।

४.  उत्पादन (कृषि, उद्योग, निर्माण, वन, पर्यटन लगायत)मा जोड र व्यापक रोजगारी सिर्जना।

६. सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती‚ नोकरशाहीपन र औपचारिकतावाद जस्ता प्रवृत्तिको अन्त्य र सार्वजनिक सेवामा व्यापक सुधार।

७. भ्रष्टाचार शून्य सहनशीलताको नीति र सुशासनको प्रत्याभूति।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.