|

काठमाडौं : भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले फुटबलका पोर्चुगिज सुपरस्टार एवं कप्तान रोनाल्डोको प्रशंसा गरेका छन्।  

पोर्चुगल विश्वकपबाट बाहिरिएपछि स्टार खेलाडी रोनाल्डोप्रति फेसबुकमा स्टाटस लेख्दै उनी सर्वकालीन सर्वोत्कृष्ट फुटबलर रहेको उल्लेख गरेका छन्। 

कोहलीले भनेका छन्, ‘यो खेल तथा संसारभरका खेलप्रेमीहरूका लागि तिमीले जे गरेका छौ, त्यसलाई कुनै पनि उपाधि र ट्रफीले खोस्न सक्दैन। म र संसारभरका धेरैले तिमीलाई खेलिरहेका हेर्दा जे अनुभूति गर्छौं, मानिसहरूमा तिम्रो जस्तो प्रभाव छ, त्यसलाई कुनै पनि उपाधिले वर्णन गर्न सक्दैन। यो भगवानको  उपहार हो।

रोनाल्डोले हरेक खेलमा पूर्णलगाव र दिलोज्यान दिएर खेल्ने गरेको भन्दै कोहलीले यसलाई वास्तविक आशिर्वाद भएको पनि उल्लेख गरेका छन्।  ‘मेरो लागि तिमी सर्वकालीन महानतम् खेलाडी हौ’ उनले लेखेका छन्।

क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको छ। उनले विश्वको सबैभन्दा ठूलो उपाधि जित्ने महत्वकांक्षी सपना अधुरो बनेको भन्दै सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.