|

कतारमा भइरहेको विश्वकप फुटबलमा भोलिदेखि सेमिफाइनलका खेल हुने छन्।

कतारको लुसेल रंगशालामा भोलि (मंगलबार) राति नेपाली समयअनुसार पौने १ बजे हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशियाबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरि पर्सि (बुधबार) फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।

यी दुवै खेलका विजेता विश्वकपको उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। 

तेस्रो स्थानको खेल कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा शनिबार राति पौने ९ बजे हुनेछ।

विश्वकपको फाइनल खेल भने आगामी आइतबार लुसेल स्टेडियममा नै राति पौने ९ बजे शुरु हुनेछ।

पुस ३ गते (डिसेम्बर १८) सम्म चल्ने विश्वकपमा १५ लाख विदेशी कतार पुग्ने अनुमानसँगै २८ लाख ९० हजार टिकट बिक्री भइसकेका छन्।

दर्शकहरूलाई अझ आकर्षित गर्न र प्रवेश सहज बनाउन कतारले मंसिर १६ गते (डिसेम्बर २) देखि कतार जान भिसा नै नचाहिने व्यवस्था मिलाएको छ।

विश्वकपको इतिहासमा कुनै देशले अहिलेसम्म यसरी कतारले जस्तो भिसाबिनै खेल हेर्न अनुमति दिएको थिएन। कतार प्रवेशका लागि हाया कार्ड बुकिङ गरेमा भिसा आवश्यकता नपर्ने व्यवस्था कतारले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.