|

काठमाडौं : विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे। 

दुवै जना एक अर्काका साथी हुन्।  सेफिफाइनलमा दुवै जनाले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै खेले।  खेलमा फ्रान्सले बाजी मार्‍यो। त्यसपछि मैदानमै एम्पाप्पेले अंगालो हाल्दै भने, दुःख नमान साथी हेरकले तिमीहरुले जे गर्यौ त्यसको प्रस‌ंशा गर्छन्। तिमीहरुले इतिहास बनाएका छौ।’

दुवै खेलाडी पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यवसायीक फुटबल खेल्ने गरेका छन्।  एम्बाप्पे फरवार्ड हुन भने हकिमी डिफेन्डर। ​ एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन्। पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए।

सन् २०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पे एकदमै मिल्ने साथी हुन्।  दुवै खेलाडीको जन्म १९९८ मा भएको हो।  हकिमी र एम्बाप्पेको गीत र भिडियो गेमको रुचि पनि एउटै छ। एम्बाप्पे हकिमीलाई फ्रेन्च भाषा सिकाउँछन्।

हकिमी मुस्लिम परिवारका हुन्। उनले पीएसजी टिमसँग इदको बेलाको भिडियोहरु सार्वजनिक गरेका थिए। हकिमीले एम्बाप्पेलाई इदको बेला अरबी खाना चखाएका पनि थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.