|

काठमाडौं : काठमाडौं महानगरपालिका १५ ठाडो भर्‍याङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली मरिन गाँउपालिका-३ का २२ वर्षीय निर्मल लामा रहेका छन्। 

उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा बिहान सवा ६ बजे मृत्यु भएको हो। बिहिबार बिहान साढे ५ बजे सितापाईलाबाट स्वयम्भूतर्फ आउँदै गरेको बा १ ग ७६३ नम्बरको पर्यटक बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ४९४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.