|

काठमाडौं : उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सुझाव दिएको छ। 

विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको बताएको छ। अबको केही दिन बिहानको समयमा धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने छ भने मध्याह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने छ। 

बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए। उनका अनुसार आज  प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना छ।

अन्य स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.