|

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। 

बाराको निजगढ नगरपालिका २ मा साँझे ट्रकमा मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीकका २६ वर्षिय भुवन पहाडी र पछाडी सवार २७ वर्षीय रित बहादुर राई रहेका छन्। दुबैको घटनास्थलमा नै मृत्यु भएको हो। 

सोही दुर्घटनामा मोटरसाइकलमा सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन्। उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ। बेलुकी ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्कर खाएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ। 

यस्तै झापाको मेचीनगर नगरपालिका १३  चारआली  बजारमा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा पचाडी सवार ईलाम रोङ गाउँपालिका ६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन्। उनलाई उपवारको लागी बि एन्ड सि अस्पताल बिर्तामोड पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।  ना ८ ख ३३३६ नम्बरको ट्रकले  मे ७ प १७२७ नम्बरको  मोटरसाईकललाई  हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै पनि हिजो साँझ ट्याक्टरमा मोटर साइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोहि दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको से.२ त. ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाएकोे हो।

मृत्यु हुनेमा ५५८७ नम्बरका मोटरसाईकल चालक शुक्लाफँटा नगरपालिका ८ का ३० बर्षीय कृष्ण साउँद रहेका छन्। उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा  गएराति ९ बजे  मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएको छन्। घाईतेहरुको कृष्णपुर स्थीत स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.