|

सल्यान : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार साँझ सल्यानमा मसाल जुलुस निकालेको छ। तीनबुँदे सहमति र राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यान्वयनको माग गर्दै सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा मसाल जुलुस निकालेको हो।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो तर सहमति भएको लामो समय बितिसक्दा पनि सहमति कार्यान्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा सल्यानका सेक्रेटरी मदनले जानकारी दिए।

तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाबस्वरुप मंगलबार बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजामको पूर्वसंध्यामा मसाल जुलुस गरिएको उनको भनाई छ।

सरकारले नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत दलका राजनीतिक कार्यकर्तालाई आममाफी दिन सरकारले अध्यादेश राष्ट्रपति कार्यालयमा अनुमोदनका लागि पठाएको छ। उक्त अध्यादेश बिनाशर्त अनुमोदन गर्नुपर्ने उनले बताए।

सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ पठाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.