|

हेटौंडा : बागमती प्रदेशसभाको नवनिर्वाचित सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको छ।

४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेशसभाको दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएका सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको हो। शुक्रबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिने र १४ गते सांसदहरुको शपथग्रहण गर्ने विषयमा सहमति भएको छ।

सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारले प्रदेश प्रमुखलाई बैठकमा भएको सहमति अनुसारको सिफारिस गर्ने बताए। ‘१३ गते ज्येष्ठ सदस्यको शपथ,१४ गते प्रदेशसभाको अन्य सदस्यहरुको शपथ र १८ गते प्रदेशसभाको पहिलो बैठक गर्ने विषयमा दलहरुबीच सहमति भएको छ। हामी त्यहीअनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्छौ’,पाण्डेले भने।

उनले प्रदेशसभाको पहिलो बैठक बसेपछि मात्रै नयाँ सरकार गठनको प्रकृया सुरु हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.