|
फाइल फोटो

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै २० केजी सुन बरामद भएको छ। 

विमानस्थल भन्सार कार्यालयका अनुसार करिब २० केजी सुनसहित एक विदेशी नागरिक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा सुडानी नागरिक करिब ३२ वर्षका एक पुरुष रहेका छन्। एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ ।

उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ । उनी केहीबेर अघि फ्लाइ दुबइको विमानबाट विमानस्थलमा अवतरण गरेका थिए ।

बरामदी पक्रिया सकिएपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.