|

जनकपुरधाम  : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका छन्। हिजो जनकपुरधाम आइपुगेका उनले आज शनिबार जानकी मन्दिर पुगेर पूजापाठ गरेका हुन्।

 जानकी मन्दिरमा पूर्व राजालाई  स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारा लगाए।

मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त राम रोसन दासले पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिर भएको मायाको चिनो प्रदान गरेका छन्।

पूजापाठपश्चात् उनी जनकपुरस्थित भिआइपी गेस्ट हाउस यात्री निवास  पुगेका छन्। जनकपुर किन आएको विषयमा उनले कुनै प्रतिक्रिया दिन मानेनन्। उनी आज साझतिर समर्थकहरुसँग छलफल गर्ने बताइएको छ।

पूर्वराजा शाहले शुक्रबार गंगा सागरमा दैनिक हुने महागंगा आरतीमा समेत सहभागी भए। विमानबाट आउने कार्यक्रम रहे पनि बिहीबार साँझ सडकमार्ग हुँदै जनकपुरधाम आएका पूर्वराजा शाह जनकपुरधाममा शुक्रवार दिनभर शुभेच्छुकहरुसंगको भेटघाट पछि साँझ गंगा आरतीमा सहभागी भएका हुन्। पूर्व महारानी, छोरी सहितका परिवारजनसाथ जनकपुर आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.