|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाई राख्न सफल हुने विश्वास सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरका छन्।

आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिएपछि काँग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन्।

उनले गठबन्धन मुलुकको आवश्यक्ता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरु निरन्तर प्रयासरत रहेको समेत बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट दाहाल बाहिएका थिए। तर सञ्चारमन्त्री कार्कीले  फेरी केहीबेर पछि बैठक बस्ने र सहमति हुने दाबी गरे।

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेश गर्नका लागि आह्वान गरे एकहप्ताको समय आजै अपरान्ह ५ बजे सकिँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.