|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्। 

राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। 

सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.